single head

वीपी स्मृति कप : कावासोती नगरपालिकालाइ २ गोलले पराजित गर्दै  देवचुली नगरपालिका विजयी

single post top 1

फागुन ११ ,गैँडाकोट (नबिन सुबेदी)। गैँडाकोटमा जारी वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा  देवचुली नगरपालिका बिजयी भएको छ ।

single p1

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा आइतबार  भएको  खेलमा कावासोती नगरपालिका र देवचुली नगरपालिका बीच कडा प्रतिष्पर्धा भएको थियो । खेलको १३ औ मिनेटमा सन्दिप मल्लले गोल गर्दै देवचुली नगरपालिकालाइ अग्रता दिलाएका थिए । पहिलो हाफ सम्म देवचुली नगरपालिका १-० ले अगाडी रहेको थियो ।

single p2

दोस्रो हाफमा देवचुली नगरपालिकाका दिवस श्रेष्ठले ४७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २ -० को अग्रता दिलाए । तेसपछी कुनै पनि टिमले गोल गर्न सकेनन । कावासोती नगरपालिकालाइ ०  का विरुद्ध २ गोलले पराजित गर्दै  देवचुली नगरपालिका विजयी भएको हो  ।  खेलमा देवचुली गाउपालिकाका खेलाडी अर्जुन सुनार  प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

सोमबार हुने  खेलमा गैडाकोट नगरपालिका र  हुप्सेकोट गाउपालिका बीच दिउँसो २ बजे प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।

ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ  नेपाली काँग्रेस गैंडाकोट नगर समितको आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने  प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाले सहभागी जनाएका छन । प्रतियोगितामा स-प्रायोजक समाजसेबी व्यक्तित्व तिलक गैरेले रहनु भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3