काठमाडौं । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएको केही दिनपछि, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रको सेन्सर गरेको थियो । चलचित्रले युनिभर्सल (U) प्रमाणपत्र प्रदान गरेको छ, चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।
सेन्सर पास भए पनि, चलचित्रको प्रचारप्रसारसम्बन्धी कार्यमा भने बाधा परेको छ । चलचित्रका निर्माता नबिन श्रेष्ठका अनुसार अब ट्रेलर रिलिज बिना नै यो चलचित्र पूर्व निर्धारित मिति फागुन १४ गते नै रिलिज हुनेछ ।
पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफूलाई बदनाम गर्ने उद्देश्यले चलचित्रमा आफ्नो मिल्दोजुल्दो पात्र प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा रिट निवेदन दिएका थिए । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले चलचित्रलाई सेन्सर पास नगरेसम्म प्रचारप्रसार गर्न नपाइने आदेश दिएको थियो ।
अदालतको आदेशपछि, चलचित्र प्रचारप्रसारका लागि छायाङ्कन गरिएको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’ को ९१ औँ भाग समेत प्रसारण रोकिएको थियो ।