spot_img

Wednesday, May 21, 2025

महाशिवरात्रि पर्व नजिकिए सँगै पशुपति क्षेत्रलाई सजावट गरेर आकर्षक बनाउन थालियो

फागुन ११ ,काठमाडौँ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई सजावट गरेर आकर्षक बनाउन थालिएको छ ।

पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थली लगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।

बत्तीका कारण रातभर पशुपति क्षेत्र उज्ज्यालो देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्ग देखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको छ ।

बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका भक्तजनले  बताउनुभयो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार