single head

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा विनयी त्रिवेणी गाउपालिका बिजयी

single post top 1

फागुन ०९ गैँडाकोट(नबिन सुबेदी)। गैँडाकोटमा जारी  वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा विनयी त्रिवेणी गाउपालिकाले बिजयी शुरुवात गरेको छ  ।

single p1

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा शुक्रबार भएको  खेलमा मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका बीच कडा प्रतिष्पर्धा भएको थियो । खेलको २१ औ मिनेटमा उमेश खत्रीले गोल गर्दै मध्यबिन्दु  नगरपालिकालाइ अग्रता दिलाएका थिए भने तेस्को ३ मिनेट पछी विनयी त्रिवेणी गाउपालिका तेज मगरले गोल गर्दै आफ्नो टिमलाई  बराबरीमा पुर्याए  ।

single p2

मध्यबिन्दु नगरपालिकाका घिसिंग मगरले ३१ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २ -१ को अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन खेलको ३४ औ मिनेटमा सिद्दार्थ आलेले गोल गर्दै  विनयी त्रिवेणी गाउपालिकालाइ २-२ को बराबरीमा पुर्याए ।

खेलको मध्यान्तर सम्म २-२ को  बराबरीमा भएको खेल मध्यान्तर पछी निर्धारित समाए सम्म  कुनै पनि टिमले गोल गर्न नसके पछी खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा मध्यबिन्दु नगरपालिकालाइ १  का विरुद्ध ३ गोलले पराजित गर्दै  विनयी त्रिवेणी गाउपालिका विजयी भएको हो  ।  खेलमा विनयी त्रिवेणी गाउपालिकाका गोलकिपर कमल मगर प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

शनिबारको खेलमा गैडाकोट नगरपालिका र बौदिकाली गाउँपालिकाबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुने गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।

ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ  नेपाली काँग्रेस गैंडाकोट नगर समितको आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने  प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगितामा नवलपुरका ८ वटा पालिकाले सहभागी जनाएका छन ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3