spot_img

Saturday, March 22, 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटस / प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति प्रति कटाक्ष

फागुन ९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।

  • -advertisement-

 

यसअघि गएराति नै स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए । मध्यराति सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई मेन्सन गरेर स्टाटस लेख्दै उनले अमेरिकीहरू अल्छी भएको कटाक्ष गरेका थिए । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाएर संसारलाई अघि बढ्न दिन उनले ट्रम्पलाई आग्रह गरेका थिए ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार