spot_img

Saturday, March 22, 2025

प्रकृति लम्सालको गृहजिल्ला रुपन्देहीको स्वर्गद्वारी घाटमा अन्त्येष्टि

फागुन ८ रुपन्देही  । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको गृहजिल्ला रुपन्देही ल्याएर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको छ ।

भैरहवाको स्वर्गद्वारी घाटमाप्रकृतिलाई ७६ वर्षीय हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिए । बुधबार राति प्रकृतिको अन्तिम बिदाइमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे  प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

  • -advertisement-

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर–८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो । शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीको पनि उपस्थिति थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार