फागुन ८ गैँडाकोट । गैँडाकोटमा आजदेखि वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको समुद्घाटन आज गैँडाकोट क्षेत्रिय रंगशालामा विहान १२ बजे हुनेछ ।
गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रा.डा. शशांक कोइरालाले गर्नुहुनेछ । ग्रामिणस्तरका खेलाडीहरुको पहिचान गरि राष्ट्रिय स्तरका खेलहरुका लागि खेलाडीको क्षमता विकास गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले बताउनुभयो । नवलपुरका ८ वटा पालिकाबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको समुद्घाटनका दिन बिहीबार बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाबीच प्रतिष्पर्धा हुने सापकोटाले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।





