spot_img

Sunday, July 19, 2026

सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन प्रथम राष्ट्रपति डा. रामवरण यादव द्धारा आह्वान

 फागुन ७ काठमाडौँ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा  कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो  जनताको अधिकार  प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।”

फागुन ७ गतेले नै लोकतान्त्रिक राजनीति स्थापना गर्न मार्गनिर्देश गरेको बताउँदै उहाँले मुलुकमा धेरै उतारचढाव हुँदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति डा. यादवले भन्नुभयो, “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।” मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक  गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उहाँले  त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गर्नुभयो ।

प्राप्त उपलब्धि र  विविधताको रक्षा र एकीकरण गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा. यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र  धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिनुभयो । रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :