फागुन २ गैंडाकोट । नवलपुर समाज जापानले गैंडाकोट ४ मा एक कार्यक्रमका बीच बिरामी समिता भट्टराईलाई आर्थिक सहयोग गरेको छ ।
देवचुली नगरपालिका वडा नं. १० स्थायी ठेगाना भई हाल गैंडाकोट ४ माईतमा बस्दै आउनुभएका ३८ वर्षिय समिता जटिल रोग Myasthenia gravis बाट पिडित हुनुहुन्छ । औपचारिक कार्यक्रमका बीच गैडाकोट वडा नं. ४ का अध्यक्ष तेजप्रसाद घिमिरेको रोहबरमा २ लाख रुपैया नगद सहयोग गरिएको हो । सहयोग रकम समिता भट्टराईको आमाको हातमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि एवं नवलपुर समाज जापानका उपाध्यक्ष डि.पि. सापकोटाले सहयोग रकम प्रत्यक्ष भेटेर दिन पाउँदा आनन्दको अनुभुति भएको भन्दै बिरामी समिताको स्वास्थ्य लाभको कामना समेत ब्यक्त गर्नुभयो । आगमी दिनमा सहयोग संकलन कार्य भैरहेको ले अझ सहयोग आउने समेत बताउनुभयो । नवलपुर समाज जापानले धेरै नेपाली समाजमा यस्ता महलम लगाउने कार्यहरु गरेको पनि उहाँले बताउनुभयो ।
समिता भट्टराई बचाउ अभियानलाई विशेष गरि जापान बस्दै आउनु भएकी नवलपुर समाज जापानको सल्लाहकार गैंडाकोट १ निवासी चन्द्रकला सापकोटा लक्ष्मीको संयोजकत्वमा सहयोग संकलन गरिएको हो । यस अभियानका संयोजक समेत रहनुभएकी उहाँले सहयोग रकम उठ्ने कार्य अझै पनि जारी रहेको बताएकी छिन् ।
नवलपुर समाज जापान विशेष गरि नवलपुर क्षेत्रका जापानमा रहि काम गर्दै आएका नेपालीहरुको समाज हो । जसले यस क्षेत्रमा विभिन्न सहयोग कार्यक्रमहरु गर्दै आईरहेको छ । आर्थिक सहयोग संकलनमा स्थानीय जनकल्यान महिला समूहको पनि उत्तिकै भूमिका रहेको छ । सबै कुराहरुको सहजीकरण गरि समूहले प्रत्यक्ष रुपमा सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रम गैडाकोट वडा नं. ४ का अध्यक्ष तेजप्रसाद घिमिरेको अध्यक्षतामा गरिएको हो भने कार्यक्रममा नवलपुर समाज जापानका उपाध्यक्ष डि.पि. सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नवलपुर समाज जापानका अर्का उपाध्यक्ष विष्णु शर्मा, समाजका केन्द्रिय सदस्य शंकर भुषाल, केन्द्रिय सल्लाहकार युवराज भण्डारी राजु,साबिक गैंडाकोट आदर्श गा.वि.स.का उपाध्यक्ष एवं समाजसेवी टोलनाथ घिमिरे, समाजसेवी गंगा प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
आर्थिक सहयोग वितरण कार्यक्रममा समूहका अध्यक्ष हिरा थापा एवं समूहका दिदिबहिनीहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रम समूहका सहसचिव रिता पौडेल तिमिल्सेनाले सहजीकरण गर्नुभएको थियो ।
काठमाण्डौंको टिचिङ्ग हस्पिटलमा उपचार गराउँदै आउनुभएका समिताको ५ महिनाको एक छोरी समेत रहेका छन् । श्रीमान रोजगारीको शिलशिलामा दुबईमा करिब १३ वर्ष जेल परेपछि केहि वर्ष अघि मात्रै नेपाल फर्केका छन् । उनको दुबै आँखा निकै नै कमजोर रहेका कारण राम्ररी देख्न समेत सक्दैनन् । घरको आर्थिक अवस्था पनि नाजुक, श्रीमानको अवस्था पनि त्यस्तै र एक छोरी भएकी समिताले सबैसँग सहयोगको अपिल गरेकी छिन् । उनलाई सहयोग गर्न चाहनेले ग्लोबल आई एमई बैंकको तारा अधिकारी भण्डारीको नाममा रहेको खाता नं. एम १०७०१०००५६५५ मा जम्मा गरि उनलाई सहयोग गर्न सकिने उनको परिवारले जनाएको छ ।
कमेन्ट :