single head

गैंडाकोटमा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा ९९८ जनाले स्वास्थ्य सेवा लिए

single post top 1

 फागुन २ गैंडाकोट । प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

single p1

नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा भएको निशुल्क स्वास्थ्य शिविरमा ९९८ जनाले स्वास्थ्य सेवा लिएका छन ।

single p2

गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा फिजिसियन तर्फ १३७ जना, स्त्री तथा प्रसुति प्रजनन तर्फ १०६ जना, दाँत,मुख ,गिजा सम्बन्धी ५७ जना ,नसा जाँच सम्बन्धी ६७ जना, भिडियो एक्सरे तर्फ १०९ जना , फोक्सो जाँच ९७ जना ,इसीजी ७५ जना र सुगर टेस्ट ३५० जना महिला पुरुष गरी जम्मा ९९८ जनाले स्वास्थ्य सेवा लिएको पुष्पाञ्जिली हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख केदार प्रसाद सुवेदीले फास्टखबर अनलाईनलाइ जानकारी दिनुभयो ।

सुगर परीक्षण, मुटु सम्बन्धी जाँच, नशा सम्बन्धी जाँच,फोक्सो सम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षणका साथै भिडियो एक्सरेको सेवाहरु उपलव्ध रहेको शिविरमा फिजिसियन डा.भोजराज अधिकारी, डा.रिकेश सापकोटा, स्त्री तथा प्रसुति रोग विशषज्ञ डा.रामप्रसाद सापकोटा, डा.रमा घिमिरे र डेन्टलतर्फ डा.विवेक घिमिरेको विशेषज्ञ टोलीहरुबाट स्वास्थ्य परिक्षण गरिएको संस्थाका अध्यक्ष दुर्गाबहादुर पुन मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षण गर्न आउने सेवाग्राहीलाई निशुल्क औषधी समेत उपल्ब्ध गराइएको स्वास्थ्य शिविरमा विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर रहेको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3