single head

एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७९ प्रतिशत लक्षित किशोरीले खोप लगाए

single post top 1

 फागुन २ काठमाडौं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७९ प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।

single p1

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन १ गतेसम्मको प्रारम्भिक प्रतिवेदन अनुसार १२ लाख ४० हजार ७७ लक्षित किशोरीले एचपिभी खोप लगाएका छन् ।

single p2

प्रदेश अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी दुई लाख २५ हजार ६६०, मधेश प्रदेशमा दुई लाख १७ हजार ४६८, बागमती प्रदेशमा दुई लाख ३५ हजार १३२ किशोरीले खोप लगाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ९९ हजार ९९६, लुम्बिनी प्रदेशमा दुई लाख २८ हजार २९०, कर्णाली प्रदेशमा ९१ हजार ३०, सुदूरपश्चिम प्रदेशमा एक लाख ४२ हजार ५०० किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3