single head

गैँडाकोट नगरस्तरीय छात्रा कबड्डी प्रतियोगिताको उपाधि कालिका नमुना माध्यमिक विद्यालयले जित्यो

single post top 1

फागुन १ गैँडाकोट ।   गैँडाकोट नगरस्तरीय छात्रा कबड्डी प्रतियोगिताको उपाधि कालिका नमुना माध्यमिक विद्यालयले जितेको छ ।

single p1

single p2

गैँडाकोट खेलकुद समितिको रजत महोत्सवको अवसरमा बिहिबार गैँडाकोट इङ्लिस स्कुलको खेल मैदानमा भएको  प्रतियोगिता को फाइनल खेलमा  गैडाकोट ईङ्लिस स्कुल लाइ २० अंकका बिरुद्ध २९ अंकका साथ कालिका नमुना माध्यमिक विद्यालय बिजयी भएको हो । प्रतियोगितामा गैँडाकोट इङ्लिस स्कुलले द्धितिय स्थान हासिल गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि  गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले विजयी विद्यालयलाई शिल्ड,मेडल र प्रमाणपत्र  प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको  प्रमुख अतिथि नगर उपप्रमुख शान्ति कोइरालाले छात्रा खेलकुदलाई प्राथमिकता दिएर कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै  यस्ता आयोजनाले  शारिरीक र मानसिक विकास एवं अनुशासनको शिक्षा दिने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो । उहाले  खेलकुदको विकास नगरपालिकाको प्राथमिकताको क्षेत्र भएको समेत बताउनुभयो ।

गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विद्यालय–विद्यालयमा खेल प्रतियोगिता गर्ने र विद्यालय स्तरदेखि नै  खेलकुद्को कार्यक्रममा उत्साहित गराउन पनि प्रतियोगिता आयोजना गरेको  बताउनुभयो । उहाले  गैँडाकोट ईङ्लिस स्कूलले व्यवस्थापन गरेर खेललाई सफल बनाउन सहयोग गरेकोमा धन्यबाद पनि व्यक्त गर्नुभयो ।

कर्यक्रममा  गैँडाकोट वडा नम्बर  ८ का वडाध्यक्ष प्रेम सापकोटाले यस्ता  किसिमका खेलकुदका कार्यक्रमको आयोजनाले छात्राहरुको खेल प्रति रुची बढ्दै जाने बताउनु भयो । नगर स्तरिय छात्रा कबड्डि प्रतियोगिता २०८१ को बिजेता टोलि कालिका नमुना माबिका ९ जना छात्रालाई गैंडाकोट नगरपालिका वार्ड ८ को कार्यालय ले १/१ लाख बराबरको दुर्घटना बिमा गरिदिने वडाध्यक्ष सापकोटाले बताउनु भयो ।

 

गैँडाकोट इङ्लिस स्कूलका प्रधानाध्यापक हिरालाल अर्यालले विद्यालयले शैक्षिक मात्र नभई छात्रा कबड्डी खेललाई दिएको प्राथमिकता बुझी व्यवस्थापकीय जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभयो ।

गैँडाकोट खेलकुद समितिको आयोजना र गैँडाकोट इङ्लिस स्कुलको व्यवस्थापनमा भएको प्रतियोगितामा गैँडाकोट नगरपालिकाका भित्रका १४ विद्यालयको सहभागिता रहेको गैँडाकोट खेलकुद समितिका अध्यक्ष एंव नगर खेलकुद समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण  गैँडाकोट इङ्लिस स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख जिवन दवाडीले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3