माघ २९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
मङ्गलबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कमेन्ट :