spot_img

Saturday, June 13, 2026

भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने

माघ २७काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।

सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो । सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो । यो जितसँगै भारतीय जनता पार्टीले अब दिल्लीमा आफ्नो सरकार बनाउने बाटो खुलेको छ । उता आम आदमी पार्टी दिल्लीबाट सत्ताच्यूत भएको छ ।

अन्तिम मतगणना जारी रहँदासम्म भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरिसकेको छ । आम आदमी पार्टीले मात्र २२ सिट जित्न सकेको छ । आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह वर्माले हराउनुभएको हो । उहाँले ३० हजार २४ मत पाउनुभयो । केजरीवाल यस पटक २५ हजार ९२५ मतमा सीमित हुनुभयो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :