spot_img

Saturday, March 22, 2025

मातृभूमि टोल विकास संस्थाको अध्यक्षमा विन्दु सापकोटा लामिछाने चयन

 माघ २६ गैंडाकोट । मातृभूमि टोल विकास संस्थाको चौंथो वार्षिक साधारण सभा एवम् चौंथो अधिवेशन एक कार्यक्रमका बिच गैंडाकोट सम्पन्न भएको छ ।

शनिबार गैंडाकोट ५ मा रहेको संस्थाको कार्यक्रमका प्रमुख अतिथि  गैैंडाकोट वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले कार्यक्रममा बोल्दै वडाभित्रका कार्यक्रममा टोल विकास संस्थाहरुको ध्यान पु¥याउन जोड दिनुभएको छ । उहाँले टोल विकास समितिहरुलाई नगरसँग सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो ।

  • -advertisement-

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार केशवप्रसाद सापकोटाले टोल विकास समितिको भूमिका स्थानीय निकायलाई सहयोग गर्नेतर्फ लक्षित हुनुपर्ने बताउनुभयो ।

 

तेस्तै कार्यक्रममा  सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक गोविन्द रिमालले संस्थाले बालबालिका, महिला र अपाड्डमैत्री कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमले सचिव विन्दु सापकोटा लामिछानेले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुधा ज्ञवालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा छिमेकी बैकुण्ठनगर टोल विकास संस्थाका सचिव शालिकराम सापकोटा, समुन्नति टोल विकास संस्थाका अध्यक्ष गोपाल कँण्डेल सरोज, सल्लाहकार एवम् निर्वाचन समितिका सदस्य इन्द्रराज पौडेल, साधारण सदस्यहरु तारा शर्मा र मुकुन्दप्रसाद उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सदस्य विष्णु सापकोटा रिमालको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण सचिव विन्दु सापकोटा लामिछानेले गर्नुभएको हो ।

संस्थाको चौंथो अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित चयन भएको छ । संस्थाको नवनिर्वाचित अध्यक्षमा विन्दु सापकोटा लामिछाने रहनुभएको छ । त्यसैगरी उपाध्यक्षमा तारा शर्मा, सचिव चुन्नप्रसाद न्यौपाने, कोषाध्यक्ष कृष्णप्रसाद काफ्ले र सहसचिवमा विष्णु सापकोटा रिमाल रहनुभएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा हरिबहादुर कुँवर, तोयानाथ पौडेल मिलन, चूडामणि तिवारी, टिका ढकाल, विनु थापा र कृष्ण चापागाई रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम आइतबार ४ बजे आयोजना गरिएको जानकारी निर्वाचन संयोजक गोविन्द रिमालले दिनुभएको छ ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार