spot_img

Wednesday, May 21, 2025

बखान च्याम्पियनसिपको सेमिफाइनलमा सूर्यपुर फुटबल क्लब

माघ २५ चितवन । सूर्यपुर फुटबल क्लब तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न दोस्रो क्वाटरफाइनलमा गैंडाकोट फुटबल क्लबलाई पराजित गर्दै सूर्यपुरले सेमिफाइनलमा स्थान बनाएको हो ।

बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुर २-० ले विजयी भयो । उसको जितमा दुबै गोल प्रदीप लामाले गरे । उनले पहिलो हाफको ३० औं र दोस्रो हाफको चौथो मिनेटमा गोल गरे । दुई गोल गरेका प्रदीप प्लेयर अफ दि म्याच बने ।

प्रतियोगितामा शनिबार तेस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा पटिहानी एफसी र रामपुर रड्स भिड्नेछ । खेल दिउँसो ३ बजे हुनेछ ।  फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार