spot_img

Saturday, March 22, 2025

चितवन जिल्ला अदालत द्धारा रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश

 माघ २४ चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

  • -advertisement-

साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ ।

लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको थियो । उहाँको बुधबार थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

कास्की, काठमाडौँ र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार