spot_img

Wednesday, January 14, 2026

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज : नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडौँ, माघ १७ गते । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको  खेलमा  जितका लागि एक सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटियो ।  नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै कविता जोशीले २७, पुजा महतोले २४ र रुविना क्षेत्रील ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेदरल्यान्ड्सका इभा लेन्च र क्यारोलिन डे लन्जले दुई दुई तथा आईरिस जेविलिङ र फेडेरिक ओभरडिजले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक  सय ५७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४८ बलमा आठ चौकाको सहयोगमा ५९ रन बनाउनुभयो । यस्तै आईरिस जेविलिङले अविजित ३१ तथा स्टेरे केलिसले २९ र हिदर सिगर्सले २३ रन बनाउनुभयो ।

बलिङमा नेपालका सिता रानामगर, इश्वरी विष्ट, पुजा महतो र कविता कुँवरले एक एक विकेट लिनुभयो । नेपालका लागि अलिशाकुमारी यादव तथा मनिषाकुमारी उपाध्यायको राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ ।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित छ । नेपालले दोस्रो खेल माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :