माघ १३ गैंडाकोट ( गोविन्द रिमाल)। मानव अधिकार तथा शान्ति समाजको २७औं राष्ट्रिय परिषद् बैठकको पूर्व सन्ध्यामा आयोजित सप्ताहव्यापी कार्यक्रम अनुसार गैंडाकोटको एसपीएम कलेजमा अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
मानव अधिकार तथा शान्ति समाज नवलपुरका अध्यक्ष कमल शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पौडेलले प्रस्ताव नं ८ विकासको अधिकार: अहरणीय अधिकार तथा प्रस्ताव नं ९ जलवायु न्यायका लागि विशेष अभियान विषयमा प्रष्ट पार्नुभएको थियोे ।
समाजका निवर्तमान सभापति भानु रिमालको सहजीकरण रहेको सो कार्यक्रममा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले समाजले गरेका कार्यहरूको प्रशंसा गर्नुभयो । कार्यक्रममा समाजका जिल्ला सचिव दयाप्रसाद रेग्मी, पूर्व सभापति श्यामसुन्दर पराजुली, सदस्य जमुना शर्मा, एसपीएम कलेज शिक्षा शास्त्र संकाय प्रमुख माधवप्रसाद सिग्देल, प्राध्यापक गोविन्द रिमाल, सुजन अधिकारीलगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीसँग अन्तरसंवाद गरिएको हो ।
समाजले यहि माघ १६ र १७ गते गैंडाकोट मानसरोवर पार्टी प्यालेसमा २७औं राष्ट्रिय परिषद बैठक गर्दैछ ।