single head

सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पुग्यो

single post top 1

 माघ ९, काठमाडौं । सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ ।

single p1

मङ्गलबार प्रतितोला  एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

single p2

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ । 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3