single head

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

single post top 1

 माघ ६, काठमाडौँ  ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. आठ सय र चाँदी प्रतितोला रु.३० घटेको हो ।

single p1

गत शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

single p2

त्यस्तै, आज चाँदी प्रतितोला रु. एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रु. एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3