single head

दुई वटा कम्पनीलाई आइपिओ निष्कासनको अनुमति

single post top 1

माघ ४ काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ । बोर्डले ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई निष्कासनको अनुमति दिएको हो ।

single p1

बोर्डले बिहीबार एक सूचना जारी गर्दै अनुमति दिएको सार्वजनिक गरेको हो । ओम मेगाश्री आइपिओ निष्कासन अनुमति पाउने नेपालमा पहिलो औषधी कम्पनी हो ।

single p2

ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जस अनुसार कम्पनीले १८ करोड रुपियाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

क्रेस्ट माइक्रो लाइफलाई भने जारी पुँजीको ३० प्रतिशत आइपिओ निष्कासनका लागि बोर्डले अनुमति दिएको छ । कम्पनीको जारी पुँजी ७५ करोड रुपियाँ रहेको छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँ बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अङ्कित मूल्य एक सय रुपियाँ दरमा सर्वसाधारणमा निष्कासन गर्ने भएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3