spot_img

Tuesday, July 15, 2025

नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ताको वार्षिक साधारण सभा सम्पन्न

पुस २७,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं ६ मा अवस्थित नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट ६, ७, ८ र ९ को ११ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जयराम कँडेलको अध्यक्षता तथा संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना पोखरा का.मु. प्रमुख पदम बहादुर कुँवर क्षेत्रीको प्रमुख आतिथ्यमा संस्थाको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि पदम बहादुर कुँवर क्षेत्रीले संस्थाले जुन भिजन , मिसनका साथ अगाडी बढेर यसले समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले पानिका स्रोत कम छन् तेसैले मूल ,मुहानको संरक्षण गर्ने र बिभिन्न योजना बनाएर अगाडी बढ्नुपर्ने अबको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष जयराम कँडेलले २१ सय घरधुरीका सदस्यहरुलाई स्वस्थ खानेपानी उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रविधिमैत्री बनेर अगाडी बढेको बताउँदै संस्थालाई पूर्णरुपमा भौगोलिक सूचना प्रणालीमा लागिएको पनि बताउनुभयो । उहाँले मुहानदेखि मुखसम्म स्वच्छ सफा र शुद्ध पिउने पानी चौबिसै घण्टा उपभोक्ताको घरघरमा वितरण गरेको बताउनुभयो । पानी जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले संस्थाले आम उपभोक्ताहरूबाट सकारात्मक सहयोग र सुझाव प्राप्त गर्दै आइरहेको पनि उहाँले बताउनुभयो।

संस्थाका सचिव प्रकाश भुसालले भुमिगत जलस्रोतको विकल्प खोज्ने उपभोक्तामा सरसफाई सम्बन्धि जनचेतना जगाउने गरी काम गर्ने बताउनुभयो । सचिव भुसालले स्वच्छ ,सुरक्षित र गुणस्तरीय पिउने पानी उपभोक्तालाई उपलब्ध गराएको स्मरण गर्नुभयो । संस्थाको संस्थागत हितका लागि सबैसँग साथमा साथ र हातमा हात मिलाई माया सद्भाव प्रदान गर्न सम्पूर्ण सदस्यसँग आग्रह गर्दै सचिव भुसालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा कोषाध्यक्ष कुशल अधिकारीले संस्थाको टिडिएफ ऋण ९७ लाख ९९ हजार ६ सय ८६ बाट यस वर्ष घटाएर ८५ लाख ४५ हजार २ सय ४४ मा झारेको बताउनुभयो त्यस्तै उहाँले पानी वितरण तथा धारा जडानबाट उठ्नुपर्ने बक्यौता रकम करिब २६ लाखबाट १३ लाखमा झारेको पनि बताउनुभयो ।

कार्यक्रममा लेखा  प्रतिवेदन प्रस्तुत गर्दै संयोजक इन्द्रमणि चालिसेले  भविष्यमा आइपर्ने समस्याहरुलाई मध्यनजर गरी पानीको स्रोतको खोजी गर्न, गरिव, विपन्नलाई निःशुल्क रुपमा धारा वितरण गर्न नगरपालिका र बिभिन्न संघ संस्थासँग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनु भएको थियो  ।

कार्यक्रममा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेल, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष शालिकराम सापकोटा ,गैंडाकोट खानेपानी तथा ढल विकास बोर्डका अध्यक्ष विष्णुप्रसाद सापकोटा ,उपभोक्ताको तर्फबाट कल्पना देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा साना साना भाइबहिनीहरू तथा विद्यार्थीहरूद्वारा नृत्य पनि प्रस्तुत गरिएको थियो।

सामाजिक व्यक्तित्व, जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजीबी ब्यक्तित्य  , संस्थाका पदाधिकारी साथै उपभोक्ता सदस्यको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण सचिब प्रकाश  भुसालले गर्नु भएको थियो ।

 

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार