नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गैंडाकोट नगरअध्यक्षमा प्रकाश अधिकारी चयन

Article Inline top 1

पुष ७, गैंडाकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गैंडाकोट नगरपालिकामा प्रकाश अधिकारीको अध्यक्षतामा ५५ सदस्य नगर कमिटी गठन भएको छ।

पौष २ गते मङ्गलबार केन्द्रीय स्तरका नेताहरूसहित अधिवेशनको उद्घाटन गरिए पनि अध्यक्षको टुङ्गो भने पौष ७ गते आइतबार गरिएको पूर्व अध्यक्ष युवराज रिमाललले  जानकारी दिएका छन्।

Article Inline 2

आइतबार मात्र नगर अध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्ष रामकुमारी रिमाल, उपाध्यक्ष सुक बहादुर दंगाली, उपाध्यक्ष विष्णु सापकोटा, सचिव अर्जुन पोखरेल, सहसचिव बाबुराम पराजुली, कोषाध्यक्ष दुर्गाबहादुर राना सहित ५५ सदस्य नगर कमिटी चयन भएको हो। उक्त नगर कमिटीले जयलाल पराजुलीको संयोजकत्वमा सुजिता न्यौपाने सदस्य रहने गरी दुई सदस्सीय लेखा समिति समेत चयन गरेको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :