पुस ३,काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाईनलमा प्रवेश गरेको छ ।
पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई विकेटले आठ विकेटले हराउँदै सुदूरपश्चिम एनपीएलको उपाधि नजिक पुगेको हो ।हारका बाबजुद जनकपुरले अब फाईनल प्रवेशका लागि एक मौका पाउनेछ । दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ ।
कीर्तिपुरमा जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले मात्रै २ विकेट गुमाएर १८.२ ओभरमा सहजै पुरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले अर्धशतकीय योगदान गरे । उनी ५८ रनमा नटआउट रहे ।दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे । यस्तै शैफ जैबले ३२ र ब्रान्डन म्याकमुलनले २५ रन जोडे ।
जनकपुरका किशोार महतो र ललित राजवंशीले समान १ विकेट लिए । यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १सय ३९ रन बनाएको थियो ।
जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा २ र स्कट कुगेलेइनले एक विकेट लिएका छन् ।