नवलपुर -काठमाडौ सम्पर्क समन्वय समितीको अधिबेशन सम्पन्न , अध्यक्षमा भुवन पौडेल चयन

krishi top

काठमाडौ। गण्डकी प्रदेश अन्तर्गत नवलपुरबाट अस्थायी रुपमा काठमाडौ बसोबास गर्नेहरुबीचको सम्बन्ध जोड्ने ध्येयका साथ नवलपुर- काठमाडौ सम्पर्क समिती गठन भएको छ ।
नेकपा माओवादी केन्द्र अन्तर्गत सम्पर्क समन्वय समितीले गण्डकी प्रदेश अन्तर्गतको जिल्ला पुर्वी नवलपरासीलाई सांगठानिक रुपमा केन्द्रीकृत गर्दै विगतमा बसन्त भुजेलको संयोजकत्वमा रहेको समितीलाई नयाँ रुप दिदै दोस्रो अधिवेशनबाट भुवन पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिती गठन गरेको हो ।
जसको उपाध्यक्षमा खेमराज पोख्रेल, भुपेन्द्र भण्डारी, सचिवमा अाशिष बास्ताकोटी, सह सचिवमा निरज तिमील्सिना, कोषाध्यक्षमा सिर्जना पाठक रहेका छन् । भने सदस्यहरुमा शिशिर बस्याल, दिनेश केसी, सफल अधिकारी, कल्पना श्रेष्ठ, प्रज्वल सिखंडा,यशोदा सिखंडा र दिवश थापा छन्।
राष्ट्रीय सभा सदस्य तथा माओवादी केन्द्रिय सदस्य झक्कु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रीय सदस्य चुडामणि खड्का, केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी विवेक, प्रदेश समिती नेतृ तारा कुमाल, टिका भुर्तेल लगायत सम्पर्क समितीका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :