ग्रीनल्याण्ड पब्लिक स्कुलको ३० औं वार्षिकोत्सव तथा पिबिएल मेला सम्पन्न

taja samachar side 1

मङ्सिर २९ ,भरतपुर । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल ३० औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा स्कुलले केही दिनसम्म विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ ।

जस अन्तर्गत स्कुलले शुक्रबार भने एक भव्य कार्यक्रमकाबीच वार्षिकोत्सव मनाएको हो । विद्यालय प्राङ्गढमा शुक्रबार ३० औं वार्षिकोत्सव तथा दोस्रो एमआई पिबिएल मेला सम्पन्न भएको छ । सोही दिन अभिभावक दिवस पनि सम्पन्न भएको स्कुलका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।

Article Inline 2

वार्षिकोत्सवमा आयोजित दोस्रो एमआई पिबिएल मेलामा विद्यार्थीहरुले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राखिएको थियो । स्कुलले हरेक हप्ता ‘बुक फ्री डे’ गर्दै आएको छ । मेलामा बुक फ्री डेमा विद्यार्थीहरुले तयार परेका बस्तुहरु प्रदर्शन गरिएको सह प्राचार्य आचार्यले बताउनुभयो ।

यस्तै वार्षिकोत्सवकै अवसरमा फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । जसमा विद्यार्थोहरु आँफैले खानाका परिकारहरु तयार पारी बिक्री गरेका थिए । यसले विद्यार्थीहरुलाई व्यापार, व्यवसायसँगै जीवनउपयोगी सिप सिक्न पनि मद्त मिल्ने स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको भनाइ थियो ।

स्कुलले वार्षिकोत्सवको अवसरमा यस अघि अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा विज्ञान प्रदर्शनी आयोजना गरेको थियो । कार्यक्रम भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख सुभाष आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), प्याब्सन चितवनका अध्यक्ष कृतिनिधि अर्याल, मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी, प्याब्सन केन्द्रीय सदस्य मोहन लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । सहभागी अतिथिहरुले मेला र फुड फेस्टिवलको अवलोकन पनि गर्नुभएको थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :