single head

नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमहरू सहित स्वर्ण महोत्सव मनाउने

single post top 1

स्वर्ण महोत्सव २०८१ घोषणा सभा, मूल समारोह समिति भेलासँगै पत्रकार सम्मेलन समेत गरिएको कार्यक्रममा प्रमुख अतिथि नगरका मेयर मदनभक्त अधिकारी रहेका थिए। प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको सुन्दर नगर बनाउनका लागि नगरभित्र रहेका सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको प्रमुख अतिथि अधिकारीले बताउँदै उनले जिल्लामै पहिलोपटक फरक क्षमता भएका विद्यार्थीहरू अध्यापन गराउने विद्यालयलाई नगरले विशेष सहयोग गर्ने बताएका छन् ।

single p1
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले आफ्नो संयोजकत्वमा ३१५ सदस्य स्वर्ण महोत्सव मूल समारोह समिति  गठन गरिएको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद भट्टराई सदस्य सचिव रहने गरी उक्त समिति गठन भएको हो । समितिका तर्फबाट भट्टराईले मङ्सिर २८ गते रक्तदान कार्यक्रम सम्पन्न भइसकेको र २९ गते शनिबार स्वर्ण महोत्सव मूल समारोह समिति र सरोकारवालाहरूको भेला सम्पन्न हुने जानकारी गराउँदै मङ्सिर ३० गते पूर्व शिक्षक कर्मचारी र विद्यार्थी पुनर्मिलन कार्यक्रम, पुष ५ गते नगर अन्तर मा.वि हाजिर जवाफ प्रतियोगिता तथा विद्यार्थीका प्रतिभाहरू प्रस्तुति, पुस ७ र ८ गते अन्तर सदनात्मक खेलकुद तथा वक्तित्वकला, मङ्सिर ९ गते विद्यार्थी निबन्ध लेखन प्रतियोगिता नृत्य प्रतियोगिता लगायतका विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू, पुस १० गते महिला समूह हाजिरी जवाफ प्रतियोगिता तथा टोल विकास संस्थाको मैत्रीपूर्ण खेल, पुस ११ गते फुट्सल प्रतियोगिता, भविवाल छात्र/छात्रा फाइनल खेल, पुस १२ गते रक्तदान कार्यक्रम तथा अभिभावक मैत्रीपूर्ण खेल, पुष १४ गते समितिहरू र शिक्षकहरूको सामूहिक छलफल तथा थप कार्यक्रम व्यवस्थापनको तयारी, पुस १५ गते शैक्षिक सामग्री प्रदर्शन स्थल निर्माण लगायत कार्यक्रमका तयारी र पुस १६ गते शोभा यात्रा स्वर्ण महोत्सव स्तम्भ अनावरण, स्वर्ण प्रवेशद्वार समुद्घाटन, विद्यालयमा बनेको ८ कोठे नयाँ भवन समुद्घाटन, विभिन्न विषयका प्रतिवेदनहरू प्रस्तुत, स्वर्ण स्मारिका २०८१ विमोचन, विद्यालयलाई विभिन्न विषयमा सहयोग गर्ने दाताहरूलाई सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रमसहित स्वर्णम महोत्सव २०८१ समापन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक भट्टराईले बताए।

 

single p2

२०३२ सालमा स्वर्गीय शमशेर बहादुर अधिकारीको स्मृतिमा यस क्षेत्रका शिक्षा प्रेमीहरूको प्रयासमा विद्यालयको स्थापना भएको थियो । विभिन्न दाताको सहयोगमा सञ्चालित विद्यालयको स्वर्ण महोत्सवका अवसरमा विभिन्न विषयगत अक्षय कोषहरू निर्माण गर्ने क्रम पनि जारी रहेको छ। यसैबीचमा गैंडाकोटका समाजसेवी सोहनभक्त अधिकारीको स्मृतिमा श्रीमती प्रेमकुमारी अधिकारी लगायत छोराहरू सुकेशभक्त अधिकारी, दीपक भक्त अधिकारीले रु पाँच लाख रुपैयाँको स्मृति कोषको समेत निर्माण भएको छ। सोही घोषणा सभामा विद्यालयका पूर्व विद्यार्थी को सक्रियतामा विद्यालयलाई रु ६ लाख बराबरको विज्ञान प्रयोगशाला सामग्री प्रदान गरिने पूर्व विद्यार्थी मञ्चका संयोजक गणेश अधिकारीले जानकारी दिएका छन्। स्वर्ण महोत्सव १८ दिन सम्म चल्ने मुल समारोह समितिले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3