मङ्सिर २६ चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा यही पौष मङ्सिर २९ देखि पौष ३ गतेसम्म हुने कृषि प्रदर्शनी तथा कृषक मेलाको तयारी पूरा भएको छ ।
विश्वविद्यालयद्वारा आयोजित उक्त मेलाको तयारी पूरा भएको कृषि प्रदर्शनी तथा कृषक मेला – २०८१ मुल आयोजक समिति सचिवालय सदस्य उप–प्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभयो । मेलामा कृषि औजार, नर्सरी, माटो परीक्षण, बीउबीजन, रैथाने बाली, लगायत ८० भन्दा बढी स्टलहरू रहनेछन् ।
विश्वविद्यालयका विद्यार्थीहरूको नवप्रवर्तन सम्बन्धी स्टलहरू समेत हुने मुल आयोजक समितिको सचिवालयले जनाएको छ । स्टलहरूको सुरक्षाका लागि बीमा समेत गरिने सचिवालयले जनाएको छ । मेलामा सहभागी हुनका लागि स्टल बुकिङ गराएका व्यवसायीहरूले भोलि मङ्सिर २७ गतेदेखि आफ्ना सामग्रीहरू ल्याउन सक्नेछन ।
मेलामा मुख्य आकर्षणका रूपमा निःशुल्क बाली एवं पशु उपचार शिविर, बीउ बिजन परीक्षण सुविधा, निःशुल्क खोप शिविर,निःशुल्क माटो परीक्षण शिविर, बाली बीमा र कृषि कर्जा सम्बन्धी परामर्श तथा कृषक तालिम, सरोकारवालाबीच अन्तरक्रिया, कृषि उपकरणहरूको बृहत प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, एकल तथा सामूहिक नृत्य प्रतियोगिता, कृषक (विद्यार्थी अन्तरक्रिया, प्रदर्शक प्रतियोगिता, कृषक–विद्यार्थी सम्मान कार्यक्रम समेत रहेको कृषि प्रदर्शनी तथा कृषक मेला – २०८१ मुल आयोजक समिति सचिवालय सदस्य उप–प्राध्यापक सुमन ढकालले जानकारी दिनुभयो ।