spot_img

Tuesday, January 21, 2025

राइनो कप खुला महिला भलिवल प्रतियोगिता पौष १२ गतेदेखि हुने

मङ्सिर २५,चितवन । राइनो कप खुला महिला भलिवल प्रतियोगिता पौष १२ गतेदेखि हुने भएको छ । हिमालय भलिवल क्लब भरतपुर १३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

पौष १२ देखि १४ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताका खेलहरु हिमालय दण्डपाणी मावि भरतपुर १३ को मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिए । केही टिममा राष्ट्रिय खेलाडीहरु समेत रहनेछन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

सहभागी हुने सबै टोलीको टुङ्गो केही दिनमा लाग्ने ढकालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ५५ हजार ५५५ तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म स्थान बनाउने थप दुई टोलीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट सेटर, स्पाईकर, सर्भर, लिबरो, र प्रशिक्षकले २-२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको कार्यक्रम संयोजक ढकालले बताए ।     

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार