spot_img

Wednesday, May 21, 2025

मुग्लिन–पोखरा सडक अन्तर्गत रातिको समयमा हुँदै आएको अवरोध हट्यो

 मङ्सिर २५,तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत रातिको समयमा हुँदै आएको अवरोध हटेको छ ।

दमौली–डुम्रे खण्डको अवरोध हटेको हो । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसम्म भित्तो खार्नुपर्ने भएकाले रातिको समयमा गरिएको अवरोध हटेको आयोजनाले जनाएको छ ।

छिर्कनेमा डाँडा काट्न अवरोध गरिएको सडक सोमबारदेखि हटाइएको हो । रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार