spot_img

Tuesday, January 21, 2025

ग्रीनल्याण्डले आयोजना गरेको विज्ञान प्रदर्शनीमा अर्बिट स्कुल प्रथम

भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ ले विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।
ग्रीनल्याण्ड पब्लिक स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत आज (सोमबार) विज्ञान प्रदर्शनी सम्पन्न भएको हो ।

विद्यालय प्राङगढमा आयोजित कार्यक्रममा अर्बिट ईंग्लिश बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै लिटल फ्लावर ईंग्लिश बोर्डिङ स्कुल दोस्रो हुँदा सनराईज ईंग्लिश बोर्डिङ स्कुल तेस्रो भएको छ । प्रदर्शनीमा गोल्डेन फ्युचर स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्याण्डका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

प्रदर्शनीमा चितवनका १५ संस्थागत विद्यालयहरु सहभागी थिए । ती विद्यालयका विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शनीमा देखाईएको थियो । यस प्रदर्शनीले विद्यार्थीहरुको हौसला बढाउन सहयोग पुग्ने विद्यालयकी प्राचार्य ईन्दिरा पन्त कार्कीले बताउनुभयो । विद्यार्थीले विज्ञान सम्बन्धी दक्षता हासिल गर्न सक्षम बनून् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य कार्कीको भनाइ थियो ।

कार्यक्रममा वैज्ञानिक शोधकर्ता डा खेम आचार्य प्रमुख अतिथि रहनुभएको थियो । यस किसिमको कृयाकलापले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । स्कुलले यस अघि आइतबार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार