spot_img

Monday, December 2, 2024

उच्च रक्तचाप र ड्यास डाइट भनेको के हो ? कसरि बच्ने।

काठमाडौँ। सामान्यतया उच्च रक्तचापको कुनै लक्षण हुँदैन् । सिस्टोलिक प्रेसर १२० र डियास्टोलीक प्रेसर ८० भन्दा माथिको मापनलाई उच्च रक्तचाप भनिन्छ ।

उच्च रक्तचापको कारणले टाउको दुख्ने भन्ने गरिन्छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्न सक्छ । ब्लड प्रेसर अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउकोको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुन सक्छ ।

  • -advertisement-
  • -advertisement-

ड्यास डाइट भनेको डाइटरी अप्रोच टु स्टोप हाईपरटेन्सन ( Dietary Approach to Stop Hypertension) हो । यसको अर्थ उच्च रक्तचाप रोक्न खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ । जस्तै, नुनको ज्यादा प्रयोग, चिल्लो खाना, रिफाइन कार्बोहाईड्रेट युक्त खाना, बढी गुलियो युक्त खाना र साग पात जस्ता फाइबरको कमि भएका खानाले उच्च रक्तचापको जोखिम बढाउँछ । यस्ता खानेकुरा सकेसम्म कम प्रयोग गरेकै राम्रो हुन्छ ।

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । चुरोटको प्रयोग पूर्णरुपले बन्द गर्नुपर्छ । यसको अरिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक कशरत गर्ने र नुनिलो खानेकुराहरुको कम प्रयोग गर्ने जस्ता उपायहरु गर्नुपर्छ । फलफुल र सागसब्जीहरु स्वास्थ्यको लागि धेरै राम्रोे हुन्छ । दैनिक आहारमा २ देखि ३ पटक फलफुलको प्रयोग गरेमा विभिन्न स्वास्थ्य समस्या हुनबाट बच्न सकिन्छ ।

रेडिमेड खानाहरुको प्रयोग नगर्नु राम्रो हुन्छ । बट्टामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ । नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बच्न सकिन्छ । त्यसैले घरबाहिरको खाना कम खादा उच्च रक्तचापको जोखिम कम गर्न सकिन्छ ।

उच्च रक्तचापबाट बच्न दैनिक १ घण्टा हिडडुल गर्ने ,स्वास्थ आहारको सेवन गर्ने , मोटोपन घटाउने, मदिरा र चुरोटको सेवनमा रोक लगाउने  र मानसिक तनावमा कमी गर्नु पर्दछ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार