spot_img

Wednesday, March 11, 2026

सरकारले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने

मङ्सिर १५,काठमाडौँ। सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्‌भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्‌भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुऱ्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।’

नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली(बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :