single head

अर्किड गायन स्टार बने सोभित शाह !

single post top 1

मङ्सिर १४,भरतपुर । अर्किड मा वि भरतपुर द्वारा आयोजित अर्किड गायन स्टार -२०८१ को उपाधी सोभित शाहले जितेका छन् ।

single p1

यस संगै अनिष्का थापा, सुदृष्टी अधिकारी, एलिना डि महतो क्रमशः फर्स्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनरअप भएका छ्न । कार्यक्रममा सेरेल न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेको छिन। गीत र संगीतमा कलिला प्रतिभालाइ स्थान दिने उद्देश्यले अर्किड मा वि द्वारा आयोजित यसपटक को कार्यक्रम विद्यालयको पाचौं शृङ्खला को कार्यक्रम रहेको शिक्षिका प्रतीक्षा श्रेष्ठले बताउनु भयो। श्रेष्ठका अनुसार छनौट चरण, प्रतियोगी चरण, सास्कृतिक गायन चरण र अन्तिम प्रतिस्पर्धा सहित यो प्रतियोगिता चार चरणमा भएको थियो।

single p2

विश्वमणी पहारी र प्रतीक्षा श्रेष्ठ निर्णायक रहनु भएको अन्तिम प्रतिस्पर्धाको संचालन गायक जि बि सुनार गर्नु भएको थियो । अन्तिम प्रतिस्पर्धालाई थप रोचक बनाउन कक्षागत रूपमा “सास्कृतिक परिकार प्रदर्शनी ” ( फुड फेस्टिवल) आयोजना गरिएको थियो । जातिगत पहिचान झल्काउने परिकार प्रदर्शनी प्रतियोगिताले मौलिकपन को जगेर्नासहित पाककलाको अभ्यास पनि गराउने अपेक्षा विद्यालयले राखेको शिक्षक हरिराम रेग्मीले बताउनु भयो। कुल १६ वटा स्टल रहेको फुड फेस्टिवलमा जातिय पहिचान झल्कने परिकार बनाइएका थिए। स्थानीय र अभिभावकको समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3