प्रधानमन्त्री केपी शर्मा ओली द्धारा आज मन्त्रिपरिषद् बैठकको आवान

arthik top

मङ्सिर १३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।  बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ।  प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान गर्ने तयारी भए पनि यसको औपचारिक निर्णय गर्न बाँकी छ।

Article Inline 2

आजको मन्त्रिपरिषद् बैठकमा चीन भ्रमणबाहेक सरकारका अन्य नियमित काम/कारबाहीका विषयमा छलफल हुने सम्भावना पनि छ।  आज बस्न लागेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :