spot_img

Saturday, March 15, 2025

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदै

मङ्सिर १३ काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जान लागेकी हुन् ।

मन्त्री राणाले शुक्रबार(मंसिर १४)चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ ।  भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

  • -advertisement-

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा  प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार