spot_img

Tuesday, December 3, 2024

आज देखि धरहरा चढ्दा शुल्क लाग्ने

मङ्सिर ९ काठमाडौं । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् ।

  • -advertisement-
  • -advertisement-

यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै पार्किङको पनि शुल्क लाग्ने छ । धरहरामा पार्किङ गर्दा आजदेखिचार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार