spot_img

Monday, December 2, 2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित – महासचिव शंकर पोखरेल

मङ्सिर ८ काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

शुक्रवार दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेपछि एमाले महासचिवले  आक्रोश पोखेका हुन् ।

  • -advertisement-
  • -advertisement-

कार्यक्रमपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेर बालेनले स्टन्टवाजी गरेको उनको आराेप छ ।

‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् ।

मञ्च र वरपरका सामग्री हटाउने काम भइरहँदा समय अगावै जरिवानाको पर्चा सार्वजनिक गरिएको उनको  दाबी छ । ‘नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’,उनले लेखेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार