spot_img

Tuesday, December 3, 2024

मन्त्रिपरिषद् बैठकले डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय

मङ्सिर ७ काठमाडौँ ।  सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो । एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट उनीहरु सिफारिस भएका  थिए । गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।

  • -advertisement-
  • -advertisement-

यस्तै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । आचार्य नेपाली काँग्रेस निकटका हुन् भने विष्ट र भण्डारी नेकपा( एमाले)निकट हुन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार