पोखरा विमानस्थल सञ्चालनको विषय आफ्नो एजेण्डा हुने -प्रधानमन्त्री केपी शर्मा ओली

kala sahitya side 2

मंसिर ५ काठमाडौं। चीन भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले पोखरा विमानस्थल सञ्चालनको विषय आफ्नो एजेण्डा हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आशन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने पनि बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

Article Inline 2

उद्योगी र पर्यटन व्यवसायीहरुसहित भेटेका गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । प्रदेशका उद्योग तथा पर्यटनमन्त्री  बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरेका थिए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :