spot_img

Tuesday, January 21, 2025

सुनको मूल्य आज १ हजार रुपैयाँ बढ्यो / तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार

मङ्सिर ३ ,काठमाडौं । सुनको मूल्य आज (सोमबार) १ हजार रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो ।

चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-
कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार