मङ्सिर ३ ,काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ।
तीन महीनादेखि अस्वस्थ रहेका ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आइतबार दिउँसो २ बजे निधन भएको पारिबारिक स्रोतले जानकारी दिएको हो ।
उनी फोक्सोको क्यान्सरबाट ग्रस्त थिए। उनको लामो समयदेखि उपचार चलिरहेको थियो। उनी २०४८ सालको आमनिर्वाचनमा काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०४८ देखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए।
प्रजातान्त्रिक आन्दोलनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। राजनीतिक आन्दोलनका क्रममा पटक-पटक जेल जीवन बिताएका थिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना मानव अधिकारकाे क्षेत्रमा पनि क्रियाशील थिए।
कमेन्ट :