काठमाडौं । नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले क्यानले शुक्रवार एनपीएलको प्रत्यक्ष प्रसारणको जिम्मा स्टार स्पोर्ट्सलाई दिइएको जानकारी दिएको हो ।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा ८ वटा टोली सहभागी हुनेछन् ।
नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट २ र अन्य प्रदेशबाट १र१ टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।
यी टोलीमा शिखर धवन, रवि बोपारा, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायतका चर्चित विदेशी खेलाडीसमेत छन् ।
कमेन्ट :