single head

दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज गायिका रचना रिमाल आउने

single post top 1

 कात्तिक २९ ,गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज बिहीबार कलाकार रचना रिमाल आउने भएकी छिन् ।

single p1

महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालका अनुसार आज दिउँसो ४ बजेपछि कलाकार रिमालले महोत्सवमा गीत गाउने छिन् । रिमालले करिब एक घण्टा आफ्ना चर्चित गीतहरुबाट महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिने लम्सालको भनाइ छ । आज रिमालसँगै कलाकार दीपक खड्का, सृष्टि पौडेल लगायतको प्रस्तुती रहने लम्सालले बताए ।

single p2

महोत्सवमा दैनिकरुपमा स्थानीय कलाकाहरुसहित रत्ननगर कला केन्द्रका कलाकारहरुको प्रस्तुती रहेको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा अन्डरवाटर फिस टनेल रहेको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचले जानकारी दिनुभयो । नेपालमा नै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा राखिएको भट्टचनले बताउनुभयो ।

यससँगै महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3