spot_img

Tuesday, December 3, 2024

नेपाल एजुकेशन अवार्ड अष्ट्रेलिया २०२४ बाट वर्षको उत्कृष्ट कलेजको उपाधि अक्सफोर्ड कलेज लाइ

 कात्तिक २८, गैँडाकोट। नवलपरासी (सु.पूर्व) गैँडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपाल एजुकेशन अवार्ड अष्ट्रेलिया २०२४ बाट वर्षको उत्कृष्ट कलेजको उपाधि जितेको छ ।

पत्रकारसँग खुसी साटासाट कार्यक्रममा कलेजका प्रिन्सिपल हरि भण्डारीले अक्टोबर २३ तारिकका दिन अष्ट्रेलियामा भएको कार्यक्रममा अक्सफोर्ड कलेज उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको बताउनुभएको छ । सोहि कार्यक्रममा  प्रिन्सिपल प्राध्यापक ईन्जिनियर हरि भण्डारीले पनि वर्षको उत्कृष्ट शैक्षिक लिडरको सम्मान पाउनु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो  ।  कलेजका प्रिन्सिपल भण्डारीले हालसम्म १५ बढी राष्ट्रिय र ४० भन्दा बढी अन्तर्राष्ट्रिय अवार्डहरुबाट कलेज सम्मानित भइसकेको बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

कलेजले अहिले ब्याचलर अफ कम्प्युटर एप्लीकेशन, ब्याचलर अफ विजनेश एडमिनिष्ट्रेशन, ब्याचलर अफ होटल म्यानेजमेण्ट, ब्याचलर अफ इन्जिनियरिङ्ग डिग्री इन सिभिल, इलिक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ लगायतका  कोर्स सञ्चालन गरिरहेको छ  ।

१७ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको अंग्रेजी म्यागाजिन कलेज रिर्डसले संस्थागत र व्यक्तिगत उपाधिका लागि आह्वान गरेको प्रतियोगितामा सहभागी भई अक्सफोर्ड कलेज र प्रिन्सिपल भण्डारीले दुबै विधाको उपाधिसहित सम्मान हासिल गर्नु भएको थियो  ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीले आधिकारिता प्रदान गरेको अवार्ड कलेज रिडर्सले व्यवस्थापन गरेको हो ।  पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रिन्सिपल भण्डारीले वर्ष २०२४ को उत्कृष्ट शैक्षिक नेताका रुपमा आफू र उत्कृष्ट कलेजका रुपमा अक्सफोर्ड सम्मानित हुँदा आफूहरुले गौरवबोध गरेको बताउनु भयो  । दुबै सम्मान २३ अक्टोबरमा अष्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेरामा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिएको थियो ।

शिक्षाबाट कोही पनि बञ्चित हुनुहुँदैन भन्ने अभिप्रायका साथ अक्सफोर्ड कलेजले हालसम्म ३ हजार बढीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँचमा ल्याएको कलेजले जनाएको छ ।

कलेज रिडर्सका सिइओ जितेन्द्र घिमिरेले नेपालको शैक्षिक प्रणाली र नेपालका कलेजले गरेका अभ्यास विश्वका अरु क्षेत्रमा पनि फैलाउन आवश्यक रहेको हुँदा अष्ट्रेलियामा यस अवार्ड वितरण गरिएको जानकारी दिनुभयो । ५ सय बढी कलेजले आवेदन गरेको प्रतिष्पर्धामा ८२ कलेज छानिएका थिए सो मध्ये १४/१५ कलेजहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको कलेज रिडर्सका कार्यकारी निर्देशक घिमिरेले बताउनुभएको छ ।

 

 

 

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार