spot_img

Tuesday, December 3, 2024

आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट : नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हरायो

कात्तिक २५ ,काठमाडौँ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।

युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४६ बलमा सात चौकाको सहयोगमा ५३ रन बनाउनुभयो । यस्तै सावित्री धामीले २८ र सोनी पाख्रीनले १९ रन बनाउनुभयो ।

  • -advertisement-
  • -advertisement-

बलिङमा थाइल्यान्डकी नाथारिका थोकाईले तीन विकेट लिनुभयो । केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवान्चोराथीले एक विकेट लिनुभयो ।

थाइल्यान्डले  जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याउदै जादा  ३३ रनमा अलआउट भएको हो । थाइल्यान्डका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले दुई दुई तथा कप्तान पूजा महतोले एक विकेट लिनुभयो ।

नेपालले यसअघि थाइल्यान्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।  नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार