कात्तिक २५ काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट :