spot_img

Tuesday, December 3, 2024

उप-निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने – नेकपा एमाले महासचिव शङ्कर पोखरेल

 कात्तिक २२ काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उप-निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमाले लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो । ‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ’ उहाँले भन्नुभयो । अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी  अलग अलग लड्ने उहाँले स्पष्ट पार्नुभयो । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ उहाँले भन्नुभयो ।

  • -advertisement-
  • -advertisement-

राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएको र उभिनु पर्नेमा उहाँले जोड दिनुभयो । बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुङ्गो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।

बैठकले काठमाडौँमा उपनिर्वाचन लड्ने उम्मेदवारको पनि टुङ्गो लगाएको छ । जसअनुसार कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै कीर्तिपुर वडा १ को अध्यक्षमा हर्ष महर्जन र वडा ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौँ महानगरपालिका वडा १६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार