spot_img

Tuesday, December 3, 2024

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेशप्रसाद आचार्य सिफारिस

कात्तिक २०,काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस हुनुभएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उहाँलाई सिफारिस गरेको हो ।  यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

  • -advertisement-
  • -advertisement-

प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार